करका नयाँ दर सच्याउन माग राख्दै उद्योगी व्यवसायी सडकमा (दश तस्वीर)

विराटनगर । मोरङका उद्योगी व्यवसायी तथा ट्रेड युनियन संबद्ध संस्थाहरूले सरकार सरकारले बजेटमा विभिन्न उद्योगलाई धराशयी पार्ने किसिमको नीतिगत व्यवस्था गरेको भन्दै दोस्रो चरणको आन्दोलन शुरू गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७९ र ८० को नीति तथा कार्यक्रम र बजेटले जिआई वायर, वनस्पति घ्युतेल, सेनिटरी प्याडलगायत उद्योगलाई धराशयी पार्ने गरी त्रुटिपूर्ण व्यवस्था गरेको भन्दै सच्याउन उनीहरूले माग गर्दै आएका छन् । बजेट आएपछि नै विरोध गर्दै आएका व्यवसायीले आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए ।

पहिलो चरणको आन्दोलनअन्तर्गत शान्तिपूर्ण तवरले आफ्ना माग राखेका थिए । माग सम्बोधन गर्ने आश्वासन २७ जेठमा अर्थमन्त्रालयबाट प्राप्त भए पनि पछि बेवास्ता गरिएको भन्दै दोस्रो चरणको आन्दोलनमा उत्रिएको व्यवसायीले बताएका छन् ।

यसअघि नै मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयेशराज प्याकुरेल र नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले संयुक्त विज्ञप्ति जारी गरेर यसअघि नै आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

दोस्रो चरणको आन्दोलनअन्तर्गत् उनीहरूले मोरङको बुढीगंगा गाउँपालिका वडा नं ३ गोकुवाचोकमा सडकमै बसेर ब्यानर र नाराबाजीसहित बिहीबार प्रदर्शन गरेका छन् ।

तस्वीरहरूः


 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *