मन्त्री आलेलाई हटाउन माग गर्दै सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई मन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

अधिवक्ता किशोरकुमार पौडेल र अनुपम भट्टराईले मन्त्री आलेलाई पदबाट हटाउन माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् । यसअघि सर्वोच्च अदालतले दरपीठ गरेको उक्त रिटपछि पनि अधिवक्ता पौडेलले निवेदन दिएपछि न्यायाधीश टंक मोक्तानको आदेशमा रिट निवेदन दर्ता गरिएको हो ।

उक्त रिटमाथि शुक्रबार सुनुवाई गर्न पेशी तोकिएको छ ।

मन्त्री आलेले पदमा बसिरहन योग्य व्यवहार नदेखाएको र पटक पटक विवादमा परेको भन्दै हटाउन माग गर्दै अघिवक्ता पौडेलले रिट दायर गरेका हुन् ।

मन्त्री आलेविरूद्धकाे रिट 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =