पोखरामै सफल भयाे मिर्गौला प्रत्यारोपण !
२०७९ असार ९ गते

पोखरा । अब पोखराबाटै मिर्गाैलाकाे प्रत्यारोपण सम्वभ हुने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बसहसवार मिर्गौला प्रत्यारोपण गरेको हो ।
मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरको सहयोगमा यहाँका विशेषज्ञसहित क्षेत्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरूले बिहीवार ५० वर्षीया महिलामा मिर्गौला प्रत्यारोपण गरेका हुन् ।
करिब १ वर्षदेखिको प्रयास अहिले सफल भएको प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए । उनलाई आफ्नै श्रीमान्ले मिर्गौला दिएका हुन् ।
यो अस्पतालमा मात्रै दैनिक ३० भन्दा बढी मिर्गौला पीडितले डायलसिस गराइरहेका छन् ।
२०७९ असार ९ गते
प्रतिक्रिया
सम्बन्धित








