डेनमार्कमा कोरोनाविरुद्ध चौथो डोज खोप लगाउने तयारी

कोपेनहेगन । डेनमार्कमा कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउने तयारी गरिएको छ । सरकारले कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन सबैलाई आग्रह गर्ने सरकारी अधिकारीहरूले जनाएका छन् ।

उनीहरूका अनुसार झन्डै २० लाख मानिसलाई चौथो मात्रा खोप लगाउने गरी तयारी भइरहेको छ । यसपटक पनि सुरुमा स्वास्थ्यकर्मी र ५० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूलाई खोप लगाउने व्यवस्था गर्न लागिएको छ ।

प्रधानमन्त्री मेटे फ्रेडेरिक्सनले कोरोनाविरुद्ध लड्ने अर्को चरणको प्रयासअन्तर्गत यो खोप अभियान सुरु गर्न लागिएको जानकारी दिए । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले दिएको जानकारीअनुसार आगामी सेप्टेम्बर १५ देखि चौथो मात्रा खोप लगाउन थालिने छ ।

डेनमार्कमा यही जुन २० सम्ममा ३१ लाख ५५ हजार ९७२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी छ हजार ४३२ जनाको कोरोनाका कारण मृत्यु भएको तथ्याङ्क छ । सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *