मन्त्री हेरफेर गर्न सरकारलाई एकीकृत समाजवादीकाे दबाब
२०७९ असार ८ गते

काठमाडाैँ । माधवकुमार नेपाल नेतृत्वकाे नेकपा [एकीकृत समाजवादी] ले आफ्नाे दलबाट सिफारिस भएका मन्त्रीहरूकाे हेरफेर गर्न दबाब दिएकाे छ । आफ्नाे दलकाे निर्णयअनुसार मन्त्री हेरफेर गर्न ढिला भएकाे भन्दै अध्यक्ष नेपाल बुधबार दिउँसाे प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका छन् । उनले आफ्नाे दलकाे सिफारिसअनुसार तत्काल मन्त्रीहर फेरिनुपर्ने माग गरेका छन् ।
एकीकृत समाजवादी पार्टीले हाल सरकारमा रहेका मन्त्रीहरू रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने र जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको थियो ।
त्यस्तै हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय थियो ।
२०७९ असार ८ गते
प्रतिक्रिया
सम्बन्धित








