माफी माग्दै बुद्ध एयरले गर्‍यो उडान सेवा अवरुद्ध नहुने प्रण

काठमाडौँ । बुद्ध एयरले उडान सेवा अवरुद्ध नहुने प्रण गरेको छ । वायुसेवा सञ्चालक संघको हडतालमा सहभागी नभएको एयर आफ्नो कारणले सेवा अवरुद्ध नहुने प्रण गरेको हो ।

आन्तरिक समस्या समाधान गर्न सेवा बन्द गर्नु यथोचित नभएको एयरको भनाई छ । ‘वायुसेवा कम्पनी यात्रुहरूको पारवहन सुविधा र कर्मचारीको जीविकोपार्जन थलो हो । हाम्रो आन्तरिक समस्या समाधान गर्न सेवा बन्द गर्नु यथोचित निर्णय होइन,’ बुद्धले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यसको आत्मालोचना गर्दै आगामी दिनमा हाम्रो कारणले उडान सेवा अवरुद्ध नहुने प्रण गर्दछाैँ ।’

विमानस्थलको आन्तरिक पार्किङतर्फ रात्रि बिसानको समस्या सुधार भएको उसको ठहर छ । ‘हाल काठमाडौँ विमानस्थलको आन्तरिक पार्किङतर्फ रात्रि बिसानमा क्षमताभन्दा बढी जहाज छन् । यो सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण हुन्छ। धेरै अगाडिको अध्ययन र मूल्याङ्कनमा पार्किङ क्षेत्रमा १७ वटा जहाजको क्षमता रहेको देखाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसै कारणले नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायु सेवालाई त्यसभन्दा बढी जहाज काठमाडौँ बाहिर रात्रि बिसान गर्न निर्देशन दिएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *