इन्टर मिलान फर्किने भए लुकाकु

काठमाडाैँ । इंग्लिस क्लब चेल्सीका बेल्जियन फरवार्ड रोमेलु लुकाकु लोनमा इटालियन क्लब इन्टर मिलान फर्कने भएका छन् । उनी चेल्सीमा अनुबन्ध भएको एक सिजनपछि नै लोनमा इन्टर फर्कने पक्का भएको हो ।

लुकाकु गत सिजन इन्टरबाटै कीर्तिमानी ९७.५ मिलियन पाउन्डमा लन्डन क्लब चेल्सी आएका थिए ।  ७ वर्षपछि चेल्सी फर्किएका लुकाकुले क्लबसँग पाँच वर्षको सम्झौता गरेका थिए । लुकाकुले गत सिजन चेल्सीका लागि कुल १५ गोल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *