शंखरापुरमा टिपरले ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडौँ । काठमाडौँका शंखरापुरमा गएराति टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शंकरापुर नगरपालिका-१ देउराली भञ्याङमा राति ९ बजे प्रदेश ३-०१००६ ख ३४७४ नम्बरको टिपरले ठक्कर दिँदा लीलामाई दनुवारको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ फट्कशिला घर भइ शंकरापुर बस्दै आएकी दनुवारलाई सडकमा पैदल हिँड्दै गर्दा टिपरले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =