कञ्चनपुर मोटरसाइकलको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

काठमाडौँ । कञ्चनपुरको पुर्नबास नगरपालिकामा आज मंगलबार मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पुर्नबास–६ टाउनका दुई वर्षीय मनिष रानामगरको मृत्यु भएको हो ।

तीव्र गतिमा गुडिरहेको मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए । भारतीय (युपी ३१ के ८१३० नं को) मोटरसाइकलले रानामगरलाई ठक्कर दिएको हो ।

रानामगरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडक छेउमा खेलिरहेका बालकलाई ठक्कर दिएर सुनुवार फरार भएका थिए ।

उनी नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेको मल्लले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *