धनगढीले आगामी ५ वर्ष ‘हाम्रो धनगढी, हामी बनाउछौँ’ महाअभियान चलाउने

धनगढी । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

नगर सभाको ८औँ अधिवेशनमार्फत मंगलबार उपमहानगरका मेयर गोपाल हमालले आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर हमालले आगामी पाँच वर्षलाई ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ महाअभियानका रूपमा मनाउने घोषणा गरे । ‘हाम्रो कार्यकाललाई हाम्रो धनगढी हामी बनाउँछौँ महाअभियानका रूपमा मनाइने छ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।

नगरको एकीकृत, सन्तुलित, दिगो, योजनाबद्ध विकासका लागि मध्यकालीन खर्च संरचना, लैंगिक उत्तरदायी बजेट र दिगो विकासका लक्ष्य स्थानीयकरण सहितको पहिलो पन्च वर्षीय आवधिक योजना ९२०७९र०८०–२०८३/०८४० तर्जुमा गरी कार्यान्वयन गरिने पनि मेयर हमालले घोषणा गरेका छन् ।

पूर्वाधार एम्बुलेन्स सञ्चालन

धनगढी उपमहानगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ’पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने घोषणा पनि गरेको छ ।

जसले नगर क्षेत्र भित्रका सडक लगायतका पूर्वाधारको नियमित रूपमा मर्मत–सम्भार गर्नेछ । पूर्वाधार एम्बुलेन्स सञ्चालनका लागलागि मर्मत सम्भार इकाईको गठन गरिने उल्लेख छ ।

यस्तै कर्मागत योजनालाई प्राथमिकतामा राखेर कार्यान्वयनमा लैजाने पनि नीति तथा योजनामा उल्लेख छ ।

यसै गरी सामुदायिक विद्यालयको शैक्षिक स्तरमा सुधार गरिने, एकीकृत कृषि नीति लागू गरिने, सबै वडा कार्यालयमा कृषि प्राविधिक राखिने, एक वडा एक खेलमैदान निर्माण गरिनेलगायतका कार्यक्रम ल्याइएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *