स्वतन्त्र पार्टीकाे सिद्धान्त : संवैधानिक समाजवाद, प्रधानमन्त्री ताेकेर चुनावमा हाेमिने

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी संवैधानिक समाजवादको बाटाेमा अघि बढ्ने भएकाे छ ।

निर्वाचन आयोगमा मंगलवार दल दर्ताको निवेदन पेश गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरूको पार्टीले संवैधानिका समाजवादको नीति अंगाल्ने बताएका हुन् ।

पार्टीको सभापति आफू रहने जानकारी दिँदै उनले अन्य सदस्यकाे नाम भने खुलाउन चाहेनन् । निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएपछि आफूहरू चुनावी अभियानमा लाग्ने उनले बताए ।

उनले चुनावमा जाँदा प्रधानमन्त्री र मन्त्रीहरूकाे नाम सार्वजनिक गर्ने समेत जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 10 =