रवि लामिछानेका दाइले भने – रविकाे पार्टीमा आजीवन जान्नँ

काठमाडौँ । आज मात्रै पार्टी बनाउने घाेषणा गरेका पूर्व सञ्चारकर्मी रवि लामिछानेका दाइ हरिशरण लामिछानेले रविकाे पार्टीमा आजीवन नजाने बताएका छन् ।

रविले दल खोल्ने घोषणा गरेको केही घण्टापछि फेसबुकमा स्टाटस लेख्दै हरिशरणले नयाँ दलमा राजनैतिक रुपमा आजीवन नजाने बताएका हुन् ।

उनले लेखेका छन्, ‘दर्ता हुन बाँकी सो पार्टीका कुनै पनि गतिविधिमा म परिवारको नातेदारको नाताले नैतिक रुपले संलग्न हुने त कुरै भएन, राजनैतिक रुपले त्यो पार्टिमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु। स्वतन्त्र र दलगत राजनीतिका लागि मसँग अपार अवसर र सम्भाबना छन् ।’

उनको स्टाटस
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।
नैतिक न राजनैतिक ?
नया पार्टी घोषणा गरेकोमा रबि लामिछानेलाई बधाई । पार्टीको नीति अनुसार, परिवारबाद निषेध गरिनु राम्रो प्रयास हो। यस क्रममा मनमा लागेको एउटा रोचक कुराः
कुनै पनि नया सदस्यले अब देशभर आफ्नो जन्मकुन्डली लाई अर्को सदस्यसङ्ग भिडाइ नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रबेश गर्नु होला। पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है।

दर्ता हुन बाकी सो पार्टीका कुनै पनि गतिबिधीमा म परिवारको नातेदारको नाताले नैतिक रुपले सम्लग्न हुने त कुरै भएन। राजनैतिक रुपले त्यो पार्टिमा म आजिबन रहने छैन भन्ने जानकारी पनि गराउदछु। स्वतन्त्र र दलगत राजनितिका लागि म सङ्ग अपार अवसर र सम्भाबना छन। बाकी कुरामा कमेन्ट गर्ने मेरो हैसियत छैन। नेपाल आमाको एक स्वतन्त्र नागरिकको नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहने छ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =