निर्वाचन आयोगसँग कांग्रेसकाे माग- विदेशमा रहेका नेपालीलाई मताधिकार दिऔँ (भिडिओसहित)

काठमाडाैँ । नेपाली कांग्रेसले विदेशमा रहेका नागरिकहरूको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयाेगलाई आग्रह गरेकाे छ । मंगलबार निर्वाचन आयाेगकाे कार्यालय, कान्तिपथ पुगेका  कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले यस्ताे आग्रह गरेका हुन् । यससँगै उनीहरूले मतदाता नामावली संकलनलाई व्यवस्थित गर्नुपर्ने तथा निर्वाचन आचारसहिंतालाई व्यवहारिक बनाउनुपर्नेलगायतका अन्य मागहरूसमेत गरेका छन् । आयाेगबाट बाहिरिएपछि पत्रकाहरूसँग उनीहरूले भनेका छन्, ‘आयाेगले चाह्याे भने कामहरू गर्न सकिन्छ । यसमा सरकारकाे पनि पूर्ण समर्थन चाहिन्छ ।’

सर्वोच्च अदालतले विगतमै विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कानूनी व्यवस्था गर्न आदेश गरिसकेको स्मरण गराउँदै आयोगलाई थप कदम चाल्न आग्रह गरिएको महामन्त्री शर्माले बताए । ‘४० लाखको संख्यामा विदेशमा रहेका नेपालीहरुको भोट मात्रै होइन भावनापनि गाँस्ने प्रयास हामीले गरेका छाैँ,’ उनले भनेका छन्, ‘उहाँहरुको नोट चल्ने भोट नचल्ने अवस्था अन्त्य हुनुपर्छ । आगामी निर्वाचनमा उहाँहरूले मत दिन पाउने प्रबन्ध गर्न बेलैमा तयारी गरौं भनेर हामीले निर्वाचन आयोगसँग छलफल गरेका छाैँ ।’

महामन्त्रीद्वयले असार १ गतेदेखि मतदाता नामावली संकलन र विवरण अद्यावधिक हुनु सकारात्मक भएपनि काठमाडाैँमा चाप धेरै देखिएकोले व्यवस्थापनमा भएका कमजोरीबारे आयोगको ध्यानाकर्षण गराएका हुन् । ‘७७ वटै जिल्लाको काम एकै स्थानबाट हुँदा मताधिकार सुनिश्चित गर्न पनि नागरिकले सास्ती व्यहोर्नुपरेको देखियो । त्यसैले तत्कालका लागि काठमाडाैँ र यसबाहिरका लागि अलग-अलग स्थानबाट नामावली संकलनको व्यवस्था मिलाउन आग्रह गरेका छाैँ,’ अर्का महामन्त्री थापाले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twelve =