ओली भन्छन्- ‘देश सानाे ठूलाे हुनसक्छ, सार्वभाैमसत्ता हुँदैन’

काठमाडाैँ । नेकपा [एमाले] का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभाैमसत्ता सबै देशका बराबर हुने बताएका छन् । मंगलबार पूर्वराजदूतहरूसँगकाे भेटघाटका क्रममा उनले यस्ताे बताएका हुन् । ‘मैले पहिले पनि भनेकाे थिएँ, देश सानाे-ठूलाे हुनसक्छ । तर सार्वभाैमसत्ताकाे हिसाबले देश कहिल्यै सानाे-ठूलाे हुँदैन,’ उनले भनेका छन्, ‘राष्ट्रहरूबीचकाे व्यवहारमा कहिल्यै सानाे र ठूलाे सार्वभाैमसत्ताकाे रूप देखाउनु हुँदैन । त्याे कहिल्यै पनि न्यायाेचित हुँदैन ।’

‘छिमेक सम्बन्धमा कार्ड खेल्न हुँदैन, खेल्यौँ भने फस्छौँ’

ओलीले नेपालले परराष्ट्रमामिलामा कार्ड खेल्न नहुनेसमेत बताएका छन् । उनले यदि छिमेक सम्बन्धनमा कार्ड खेल्ने काम भयाे भने फसिने बताएका छन् । ‘छिमेक सम्बन्धमा हामीले कार्ड खेल्न सक्दैनौँ । छिमेकीसँग एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्न सक्दैनौँ । छिमेकीसँग भित्री साँठगाँठ गर्ने र बाहिर अर्कै कुरा गर्ने हो भने हामी फस्छौँ,’ उनले भनेका छन् ।

छिमेकी देशसँग रहेका मतभेदहरू कुराकानीबाट सुल्झाउनुपर्ने पनि ओलीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *