खेलकुद मन्त्रीले गरे १०४ हजयात्रीलाई बिदाइ

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्कामदिनामा हज गर्न जाने १०४ हजयात्रीलाई बिदाइ गरेका छन् । मन्त्री गहतराजले बिहान उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् ।

उनले आफ्नो गृहनगर बाँकेका साथै बर्दिया, सुर्खेत, दाङ र अर्घाखाँचीबाट हजका लागि मक्कामदिना जान लागेका १०४ हजयात्रीलाई दोसल्ला ओढाएर बिदाइ गरे ।

बिदाइ हुनेहरूमा बाँकेका ८५, बर्दियाका पाँच, सुर्खेतका ६, दाङका पाँच र अर्घाखाँचीका दुईजना हजयात्री तथा एकजना प्रतिनिधि रहेका छन् । हजयात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्कामदिना पुग्ने नेपाल हज समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *