विराटनगर विमानस्थल पीडित संघर्ष समितिले चेम्बर गेटमा धर्ना दिने

विराटनगर । विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जग्गा फुकुवा वा मुआब्जा वितरणको माग गर्दै धर्ना दिने भएको छ । प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्रीको कार्यालयलाई सात दिनको अल्टिमेटम दिएको समितिले आजदेखि विराटनगर विमानस्थलको चेम्बर गेटमा धर्ना दिन लागेको हो । पूर्व घोषित कार्यक्रम अनुसार बिहान ११ बजेदेखि दिन लागेको हो ।

समितिले विरोधमा भोलि र पर्सी पनि धर्ना दिने संघर्ष समितिका संयोजक बेदराज पौडेलले जानकारी दिए । जग्गा प्राप्ति ऐन २०३४ मा सरकारले चाहेमा जग्गा अधिग्रहण गर्न सक्ने व्यवस्था छ तर कति समय भित्र मुआब्जा दिइसक्ने अथवा रोक्का जमिन फुकुवा गर्ने भन्ने ऐनमा व्यवस्था नभएकाले विभेदकारी ऐन भन्दै समितिले १० १० गते जिल्ला प्रशासन कार्यालय अगाडी ऐन जलाउने र ऐन परिमार्जन गर्न दबाब दिने पूर्व घोषित कार्यक्रम रहेको पौडेलले बताए ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पीडितसँग ज्ञापन पत्र बुझेर मुआब्जाको बजेटको व्यवस्था गर्छु भन्ने बाचा गरेका थिए । तर एक जना व्यापारी उद्योगीको बहकाउमा लागेर अमडुवामा विमानस्थल सार्ने जस्तो हावादारी कुराको पछि लागेर जनतालाई दुख दिएकाले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी मन्त्री आलेको पुत्ला दहन गर्ने संघर्ष समितिले जनाएको छ।

प्रमुख राजनीतिक दलहरूलाई हाम्रो आन्दोलनलाई समर्थन र अपनत्व ग्रहण गरिदिन पत्राचार गर्ने र ‘विराटनगरको विकास र अधुरा योजनाहरू’ शीर्षकमा शीर्षस्थ नेताहरू सित अन्तरक्रिया कार्यक्रम गर्ने पहिलो चरणको पूर्व घोषित आन्दोलनका कार्यक्रम हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =