एन्फा अध्यक्षमा पंकज नेम्वाङ विजयी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको एन्फाको २१औं केन्द्रिय कार्यसमितिको साधरणसभाबाट निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् ।

कुल ८४ मत खसेकोमा नेम्वाङले ४५ मत प्राप्त गरे भने शेर्पाले ३९ मत ल्याएका थिए । एन्फाको अध्यक्षका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेल चुनावी मैदानमा रहेका थिए ।

एन्फाको यस निर्वाचनमा ८४ मत खसेको छ । जसमा एन्फासँग सम्बन्धित ४८ मध्ये ४५ जिल्लाले मताधिकार पाएका छन् । यस्तै, सहिद स्मारक ‘ए’ डिभिजन लिगका १४, ‘बी’ डिभिजन लिगका १४ मध्ये ११ र ‘सी’ डिभिजन लिगका १४ मध्ये ९ क्लबले मताधिकार पाएका छन् ।

त्यसबाहेक राष्ट्रिय लिगका लागि छनोट भएर खेल्नका लागि दुई वर्षदेखि प्रतीक्षारत चार वटा क्लबसँगै एन्फामा आबद्ध चार वटा संघले मताधिकार पाएका छन् भने रेफ्री, प्रशिक्षक, खेलाडी र महिला संघले एक-एक मत हाल्ने अधिकार पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *