वायुसेवा निगमका अध्यक्ष अधिकारी निलम्बित

काठमाडौँ । सरकारले नेपाल वायुसेवा आयोगका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उनलाई निलम्बन गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेका थिए । मन्त्री आले र निगमका अध्यक्ष अधिकारीबीच पछिल्लो समय राम्रो सम्बन्ध थिएन ।

केही दिनअघि मात्रै मन्त्री आलेले अश्लिल गाली गर्दै अध्यक्ष अधिकारीलाई दुर्व्यवहार गरेको अडियो समेत सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *