बैतडीमा जीप दुर्घटना, २ जना घाइते

धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

महाकाली राजमार्ग अन्तर्गत जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ६ को पज्युनयाँमा से १ ज १०८७ नम्बरको जीप दुर्घटना भएको बैतडी प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते दार्चुलाको शैल्यशिखर नगरपालिकाका जीप साहु ३२ वर्षीय हरीदत्त जोशी र चालक २५ वर्षीय भूवन बिष्ट घाइते भएका प्रहरीले जनाएको छ । जीपमा दुई जना मात्रै सवार रहेको बताइएको छ ।

घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको गोकुलेश्वर प्रहरीचौकीका हवल्दार सन्जय धामीले बताए । उनका अनुसार जीप पञ्ज्युनयाँ बजारबाट गोकुलेश्वरतर्फ गइरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *