करेन्ट लागेर महिलाको मृत्यु

सप्तरी । सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

राजविराज नगरपालिका–९ बिहारपुरमा करेन्ट लागेर ३० वर्षीया रुमी खातुनको मृत्यु भएको हो । आफ्नै घरमा मोटर चलाइ लुगा धुने क्रममा खातुनलाई करेन्ट लागेको थियो ।

गम्भीर घाइते उनको गजेन्द्रनारायण सिहं अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *