थप २८ जनामा कोरोना संक्रमण, १ सय २० आइसाेलेसनमा
२०७९ असार ६ गते

काठमाडाैँ । नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ८ सय ६२ पिसिआर परिक्षणका क्रममा २० जना र २ हजार ५२ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १० जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय १० जना निको भएका छन् ।
हाल नेपालमा १ सय २० सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित








