मूल्यवृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने सराेकारवालाकाे चेतावनी

काठमाडाैँ । सरकारले आम उपभोक्ताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै विभिन्न सरोकारवाला पक्षले विरोध जनाएका छन् ।

उनीहरूले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने पनि माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालले पेट्रोलियम पदार्थ र दैनिक उपभोगय वस्तुलगायतमा भैरहेको निरन्तरको मूल्यवृद्धि र आमजनस्तरमा यसको प्रभावको विषयमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै विद्यार्थी संगठनका नेताहरू, यातायात व्यवसायी र उपभोक्ता अधिकारकर्मीहरूले सरकारले जनतालाई मार्ने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै विरोध जनाएका हुन् ।

उनीहरूले तत्काल मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रिने पनि चेतावनी दिएका छन् । साक्षात्कारमा बोल्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजय स्वाँरले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सार्वजनिक यातायात चल्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे ।

उनले आफूहरू गाडी व्यवसायीमात्र नभएर त्योभन्दा पहिला नागरिक भएको बताउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सार्वजनिक यातायातमा धेरै नै असर गरेको बताए ।

त्यस्तै, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आफूले विगत ४० वर्षदेखि उपभोक्ता अधिकारकै क्षेत्रमा निरन्तर काम गरेको उल्लेख गर्दै पछिल्लो समयमा बढेको महँगी सबैभन्दा बढि भएको बताए ।

उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि युक्रेनको कारण नभइ सरकारको कारणले भएको आरोप लगाए ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनमा प्रत्यक्ष असर परेको बताए । उनले पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धिले जनता आत्तिएको भन्दै उनले यसले देशमा आर्थिक संकट आएको समेत टिप्पणी गरे ।

यसैगरी, अनेरास्ववियुका महासचिव समीप बडालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आन्दोलन गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *