नेपाल स्काउटले मनायो ७१औँ वार्षिकोत्सव

काठमाडौँ । नेपाल स्काउटले आइतबार ७१औँ स्थापना दिवस भव्यताको साथ मनाएको छ । स्काउटको राष्ट्रिय कार्यालयमा आफ्नो ७१औँ स्थापना दिवस मनाएको हो ।

स्थापना दिवस कार्यक्रममा बोल्दै स्काउटका केन्द्रीय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले नेपाल स्काउट अब प्रत्येक विद्यालयमा पुर्‍याउने बताए । स्काउटमा विभिन्न फोरमहरूमा स्काउट लिडरको उल्लेखनीय सहभागिता रहँदै आएको उनको भनाई छ ।

संयोजक भण्डारीले स्काउट नयाँ ढङ्गले प्रत्येक विद्यालय,पालिकामा सक्रिय बनाउने योजना रहेको बताए। उनले स्काउट स्वयंसेवीका रूपमा प्रत्येक घरघरमा पुग्ने बताए । अब एक घर एक स्काउट अभियानलाई कार्यान्वयनमा लाने उनको भनाइ छ ।

स्काउटको अबको अभियान भनेको प्रत्येक घरका एक जना बालपालिलाई एक दिन अनिवार्य स्काउटको शिक्षा लागू गरिने संयोजक भण्डारीले बताए । उनले स्काउटको मुलुकभर रहेका सम्पतिको संरक्षण गर्नु प्रमुख दायित्व भएको बताए ।

स्थापना दिवसको अवसरमा नेपाल स्काउटले स्काउटको विकास र बिस्तारमा अतुलनीय योगदान गरेको भन्दै चन्दन कौशिकलाई नेपाल स्काउटको सर्वोच्च पदक सुनौलो गैँडा प्रदान गरेको छ । यस्तै कार्यक्रममा स्काउटको अभियानमा संलग्न स्काउटर तथा लिडरहरूलाई विभिन्न सम्मान र पदवी वितरण गरेको छ । नेपाल स्काउटले देशभर ७१ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =