‘चिसो मान्छे’ले दुई दिनमै कमायो १ करोड ४ लाख !

काठमाडौँ । चलत्रिच ‘चिसो मान्छे’ले दुई दिनमा कमायो १ करोड ४ लाख कमाएको छ । शुक्रबारदेखि प्रदर्शन भइरहेको दीपेन्द्र के खनाल निर्देशित चिसो मान्छे घरेलु बक्स अफिसमा पहिलो दिन ४१ लाख र दोस्रो दिन, फिल्मले ६२ लाख ७५ हजार रूपैयाँ कमाएको हो ।

वितरक करण क्रेजीका अनुसार फिल्मले दुई दिनमा झन्डै १ करोड ३ लाख ७५ हजार रूपैयाँ कमाएको छ । ‘चिसो मान्छे’ एउटा यात्रा कथा हो । चलचित्रमा वैदेशिक रोजगारीमा गएका युवकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट बाजुरासम्म पुर्‍याउँदाको कथा समेटिएको छ ।

शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका छ । उनीहरूसँगै फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन विसी, सञ्जोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाल लगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *