दुबईमा मेडिकल र नर्सिङ कलेज खोल्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं । मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले दुबईमा मेडिकल कलेज र नर्सिङ कलेज खोल्ने घोषणा गरेका छन् ।

दुबईका राजकुमार शेख मोहम्द विन मक्तोमिउम जुमाल मक्तोउमको उपस्थितिमा आइतबार बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् । पुर्वाञ्चल क्यान्सर अस्पतालले पेट सिटी स्क्यान सेवाको शुभारम्भ गर्दै उनले दुबईमा पाँच सय डाक्टर र २४ सय नर्स पढाउने गरी मेडिकल कलेज र नर्सिङ कलेज स्थापना गर्ने बताए ।

उनले भने, ‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्, अब बीएण्डसी दुबई भनेर म त्यहाँ मेडिकल कलेज खोल्छु । हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी साँटासाँट गरेका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *