भन्सार छली ल्याइएको ४ सय १६ बोरा यूरिया मल नियन्त्रणमा

बुटवल । भन्सार छलीको ४ सय १६ बोरा मल प्रहरीले नियन्त्रणमा लिएको छ । कावासोती नगरपालिका १६ चालिस किलोबाट अवैध रूपमा ल्याउँदै गरेको मल प्रहरीले नियन्त्रणमा लिएको हो ।

आइतबार बिहान लु १ ख ९९२२ नम्बरको ट्रकलाई रोकी जाँचबुझ गर्दा बिल बिनाको मल भएको पुष्टि भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

मल करिब २ लाख ८ हजार रूपैयाँ मूल्य बराबरको भएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *