पूर्वसहमतिअनुसार केही दिनमै मन्त्रिमण्डल पुनर्गठन हुन्छ : माधव नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ६ महिनामा मन्त्री फिर्ता बोलाउने पूर्वसहमति भएकाले सोहीअनुसार मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन्।

आइतबार सम्पादकहरूसँग अन्तर्किया गर्दै उनले पार्टीले नयाँ मन्त्रीको सूची पठाइसकेको बताए। उनले सोहीअनुसार केही दिनभित्रै पुरानालाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने बताए।

‘‘हामीले निर्णय गरिसकेका छौँ, नयाँ मन्त्रीहरूको सूची पनि पठाइसकेको छ। प्रधानमन्त्रीज्यूले छिट्टै निर्णय हुन्छ भन्नुभएको छ’’, उनले भने।

नेकपा एसले गत २२ जेठमै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ। तर प्रधानमन्त्री शेरबहादुर देउवा बजेट पास हुनुअघि मन्त्रिमण्डल पुनर्गठन गर्न नहुने पक्षमा उभिएका थिए।

नेकपा एसले आफ्ना पार्टीका मन्त्रीहरू विरोध खतिवडा,  प्रेमबहादुर आले, रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ किसानलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। यस्तै जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीराचन्द्र केसीलाई मन्त्री बनाउने निर्णय समेत गरिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *