भोटखोला र मकालुमा पहिरोले तहसनहस पार्‍यो, तत्काल बस्ती सारियोस् : सांसद याम्फु

विराटनगर । संखुवासभाको भोटखोला र मकालु गाउँपालिकाका बस्तीहरू पहिरोका कारण पुरिएको तथा आवतजावत नै अप्ठेरो अवस्थामा रहेको  सांसदले प्रदेश सभालाई जानकारी गराएका छन् ।

संखुवासभाका सांसद पूर्णप्रसाद राई याम्फुले असार १ गतेदेखिको लगातार बर्सातका कारण  संखुवासभाको मकालु गाउँपालिकाको वडा नम्बर २, ३, ४ र भोटखोलाको गोला र तुङ्खालीका बस्तीहरू तुरुन्त सार्नु पर्ने अवस्थामा रहेको बताए ।

आइतबारको प्रदेश सभाको शून्य समयमा बोल्दै उनले यी क्षेत्रका ७ वटा घरहरू पहिरोमा परेको समेत जानकारी दिए ।  उनले अरू धेरै घरहरू पहिरोको जोखिममा रहेको बताए । ‘धानबाली लगाएको सबै तहसनहस भएको छ’, उनले भने, ‘अलैँची खेती सबै पहिरोले पुरेको छ ।’

उनले खाँदवारी–किमाथांका सडक पहिरोका कारण  तहसनहस भएर आवतजावतमा नै समस्या भएको बताए । मकालु र भोटखोलामा आवतजावत बन्द भएको छ, उनले भने, पहिरोका कारण सूचना र सञ्चारका टावरहरू ढाल्दा नागरिक सूचना र सञ्चार सेवा पाउनबाट वञ्चित भएका छन् ।’ उनले त्यहाँको जनतालाई तत्काल उद्धार र राहत दिने व्यवस्था मिलाउन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eleven =