विवादमा २ मन्त्री : सरकार माैन, ‘फाैजदारी अपराध’कै तहकाे विषय हुनसक्ने कानूनविद्हरूकाे भनाइ

काठमाडाैँ । वर्तमान सरकारका दुई मन्त्री; अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र संस्कृति तथा पर्यटनमन्त्री प्रेम आले विवादमा तानिएका छन् । उनीहरूमाथि गम्भीर प्रकृतिकाे आराेप लागेकाे छ । सञ्चारमाध्यमहरूले आफ्नाे तर्फबाट पुष्टिसमेत गरिसकेका छन् । तर, सरकार र राज्यका सम्बन्धित निकायहरू भने माैनता साँधेर बसेका छन् ।

त्यसाे त यसबारे सम्बन्धित दलहरूका नेताहरूले नै पनि बाेल्न सकेका छैनन् । आइतबार मात्रै मन्त्री आलेकाे दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल त्याे विषयमा बाेल्नै मानेनन्/चाहेनन् । एक हिसाबले भन्ने हाे भने उनी मन्त्री आलेविरुद्ध बाेल्न डराए । एकीकृत समाजवादी निर्माण गर्दा केपी शर्मा ओलीकाे कित्तामा रहेका आले पुन: एमालेमै फर्किने हुन् कि भन्ने भय अध्यक्ष नेपालमा छ । बरु उनले घुमाउराे पारामा उनै मन्त्री आलेकाे प्रशंसा गरे । ६ महिनाका लागि मात्रै मन्त्री बनेकाे कुरा स्वीकारेकाे भन्दै उनले भने, ‘काेही काेही मन्त्रीज्यूहरूले ६ महिनाका लागि मात्रै पार्टीले पठाएकाे भनेर बाेल्नुभयाे । ती साथीहरूलाई विशेष धन्यवाद छ ।’

मन्त्री शर्माकाे दल माओवादी केन्द्रले पनि उनीबारे केही बाेलेकाे छैन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरमै बाेलाएर छलफल गरेपनि उनले राजीनामाका लागि निर्देशन दिएका छैनन् । माओवादीका एक नेताले भनेका छन्, ‘उहाँ [प्रचण्ड] ले निर्देशन नैचाहिँ दिनुभएकाे छैन । अबचाहिँ दिन सक्नुहुन्छ । अस्ति पनि छलफलचाहिँ भएकाे हाे ।’

मन्त्रीहरू के-के विवादमा तानिए ?

मन्त्रीहरू शर्मा र आले विवादमा तानिएपछि राजनीतिक दलका प्रतिनिधिदेखि आमनागरिकसम्मले उनीहरूले राजीनामा दिएर छानबिनमा सहयाेग गर्नुपर्ने माग गर्दै आएका छन् भने उनीहरूकाे चाैतर्फी आलाेचना शुरू भएकाे छ । तर, उनीहरू थाहा पाएर पनि नपाएझैँ गरेर बसिरहेका छन् भने सरकार उनीहरूकै संरक्षणमा रहेकाे बताउन थालिएकाे छ ।

शर्माले बजेट निर्माणको अन्तिम समयमा ‘अनधिकृत व्यक्तिहरू’ अर्थ मन्त्रालयमै भुलाएर करकाे दर ताेक्न लगाएकाे गम्भीर आराेप छ । यद्यपि उनले भने यसलाई स्वीकार गरेका छैनन् । उनले केही दिनअघि संसद्‌मै सांसदहरूकाे प्रश्नकाे सामना गर्दै भनेका छन्, ‘समाचारमा आएका कुराहरू पूर्णरूपमा झुटा हुन् ।’

अर्थ मन्त्रालयले पनि उनकाे बचाउमा विज्ञप्ति निकालेकाे छ । बाहिर समाचारमा आएका कुराहरूमा सत्यता नभएकाे मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ ।

आलेमाथि संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत पर्ने नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीमाथि गाली गलौज र हातपात गरेकाे आराेप छ । त्यसकाे अडिओ यसअघि नै सञ्चारमाध्यमहरूबाट बाहिर्‍याइसकेका छन् । यसपछि उनकाे टन्न आलाेचना भइरहेकाे छ । तर, उनले आफ्नाे बचाउ गर्दै याे झुटाे भएकाे जिकिर गरेका छन् ।

दुवै मन्त्रीहरूमाथि लागेकाे यी आराेपहरू संसद्‌ पुगिसकेका छन् । खासगरी प्रमुख प्रतिपक्ष दल नेकपा [एमाले] का सांसदहरूले याे विषयलाई सशक्तरूपमा उठाइरहेका छन् । उनीहरूले मन्त्रीद्वय शर्मा र आलेकाे राजीनामाकाे माग गरिरहेका छन् । सँगै उनीहरूले घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन हुनुपर्ने माग गर्दै आएका छन् । तर, त्यसतर्फ सरकारले ध्यान दिएकाे छैन ।

‘छानबिन नहुन दुखद् हाे’

कानूनका जानकारहरूले आराेपबारे छानबिन हुन नसक्नु दुखद् भएकाे बताएका छन् । उनीहरूबाट भएकाे भनिएकाे घटना पुष्टि भएमा त्याे ‘फाैजदारी अपराध’कै तहका विषय हुनसक्ने उनीहरूकाे भनाइ छ । मकालुखबरसँग एक कानूनविद्ले भनेका छन्, ‘यदि ती घटनाहरू सत्य हुन् र पुष्टि भयाे भने त त्याे फाैजदारी अपराधकाे तहसम्म पुग्न सक्छ । यसबारे सरकार माैन रहनुले अझै संकटलाई बढाउँछ । याे दुखद् हाे ।’

तत्कालीन कानूनमन्त्री शेरबहादुर तामाङकाे प्रसङ्ग जाेड्दै ती कानूनविद्ले थपे, ‘त्यसैगरी नै हेर्ने हाे भने त प्रेमजीले त उहिल्यै राजीनामा दिनुपर्थ्याे । उहाँ [प्रेम] जीले नैतिकताका आधारमा राजीनामा दिएर त्यसकाे छानबिनका लागि सघाउँछु भन्दा राम्राे हुन्छ ।’ स्मरण रहाेस्— एमालेकाे तर्फबाट कानूनमन्त्री बनेका तामाङले आफूले बाेलेकाे १ शब्दकाे गलत अर्थ लाग्दा रुँदै राजीनामा बुझाएका थिए ।

वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल मुलुकमा संवैधानिक सुशासनकाे पालना नभएकाे बताउँछन् । ‘मुलुकका कार्यकारी पदहरूमा बस्ने मन्त्रीज्यूहरूले यस्ताे हर्कत देखाउनुभयाे,’ उनले भनेका छन्, ‘संवैधानिक सुशासनबिना मुलुक सही दिशामा चल्न सक्दैन ।’ मन्त्रीद्वय शर्मा र आलेले सरकारकै संरक्षण पाएकाे आराेप अधिवक्ता अर्यालेकाे छ, भन्छन्— ‘प्रधानमन्त्रीकै संरक्षण पाउनुभयाे उहाँहरूले । याे निकै दुखद् कुरा हाे ।’

उनीहरूले तत्काल राजीनामा दिनुपर्ने र आफैँले नदिए त्यसकाे छानबिन र टुङ्ग्याउनीकाे जिम्मा संसद्‌लाई हुनुपर्ने उनकाे भनाइ छ ।

‘सरकार संवेदनशील भएन’

यी विषयहरूबारे सरकार संवेदनशील नदेखिएकाे बताउँछन् राजनीतिशास्त्री कृष्ण खनाल । मन्त्रीहरूकाे व्यवहार राम्राे नभएकाे तर, त्यसप्रति सरकारले नजरअन्दाज गरेकाे उनी बताउँछन् । ‘सरकारको नेतृत्वकर्ता नै कति संवेदनशील छ भन्ने कुराले पनि प्रभाव पार्छ । अहिलेका सरकार प्रमुख पनि यस्ता कुरामा संवेदनशील छैन । याे निकै दुखद् हाे,’ उनले भनेका छन् ।

विगतकाे नजिरलाई हेर्दा पनि अहिलेका २ मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताउँछन् उनी ।

अर्का राजनीतिशास्त्री लाेकराज बराल नेपाली राजनीति नै बिग्रिसकेकाे बताउँछन् । ‘नेपाली राजनीतिमा संस्कार नै छैन,’ उनले भने, ‘यसाे हुन नहुने हाे तर, हुन्छ । गर्छन् । यसपछि के गर्नु ? नेपालमा राजनीतिक संस्कार नभएरै काम बिग्रिरहेका छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *