अश्लील शब्द प्रयाेग गरेकाे भन्दै मन्त्री प्रेम आलेविरुद्ध संसदमा उजुरी

काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेविरुद्ध संसदमा उजुरी परेकाे छ ।

संसदकाे आचरण अनुगमन समितिमा अधिवक्ता किशोर पौडेल, अनुपम भट्टराई र विद्यार्थी रेजिना पौड्यालले मन्त्री आलेले अश्लील शब्द बोल्ने र धम्की समेत दिने गरेकाे भन्दै उजुरी गरेका हुन् ।

उनीहरूले मन्त्री आलेले विभिन्न व्यक्तिहरूलाई फाेन तथा प्रत्यक्ष भेटघाटका क्रममा अश्लिल शब्द प्रयाेग गरी हातपातसमेत गरेकाे समाचारहरू बाहिर आएकाे भन्दै सांसद तथा मन्त्री हुनुकाे हैसियतले आलेले गरेकाे उक्त हर्कत संसदीय मर्यादाभन्दा बाहिर रहेकाे बताएका छन् ।

उजुरीमा यस्ता गतिविधिका कारण आम जनताबिच जनप्रतिनिधिमूलक संस्थाप्रतिकाे विश्वासमा संसय पैदा हुने बताउँदै यसले राजनीतिक दलहरूप्रति थप वितृष्णा पैदा हुने भएकाले कारबाहीका लागि सिफारिस गर्न माग गरिएकाे छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ काे नियम २१६ काे उपनियम (ख) अनुसार प्रतिनिधिसभा सहस्यहरूले समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचरणअनुकुलकाे व्यवहार गर्ने उल्लेख छ । साेही नियमकाे उपनियम (२) मा आचारसंहिता प्रतिनिधिसभाका पदाधिकारी र सदस्यकाे सार्वजनिक जीवनकाे सबै पक्षमा लागू हुने विषय समेत उल्लेख छ ।

उजुरीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 5 =