टेक्ससका लागि पर्यटनदूतमा सुवेदी नियुक्त

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झापा अर्जुनधाराका रामकुमार सुवेदीलाई टेक्ससका लागि पर्यटनदूतमा नियुक्त गरेको छ ।

एनआरएन अभियन्तासमेत रहनुभएका सुवेदीलाई नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयले दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ । सुवेदी टेक्ससका लागि पर्यटनदूतमा नियुक्त भएकाले नेपाली दूतावास, गैरआवासीय नेपाली सङ्घ, पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित सरोकारवाला निकायसँगको सहकार्यमा नेपालको पर्यटन प्रवर्द्धनका लागि योगदान पुग्ने विश्वास गरिएको छ । उनी दुई दशक अघिदेखि स्थायी अनुमति-पत्रसहित सपरिवार अमेरिका बस्दै आएका छन् ।

उनी गैरआवासीय नेपाली सङ्घ अमेरिकाका क्षेत्रीय उपसंयोजक समेत हुन् भने विगतमा गैरआवासीय नेपाली सङ्घ अमेरिकाको उपाध्यक्षलगायत विभिन्न पदमा रहेर काम गरिसकेको अनुभव पनि उनलाई छ । सुवेदीले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयले अपेक्षा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *