चारकिलोको पहिरो हट्यो, मुग्लिन–नारायणगढ सडक सञ्चालन

चितवन । सुख्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना-६ चारकिलोस्थित मुग्लिन नारायणगढ सडक खण्डमा सुख्खा पहिरो झरेपछि सडक दुवैतर्फी नै अवरुद्ध भएको थियो । आज शनिबार बिहान ११ः३५ देखि अवरुद्ध भएको सडक अहिले भर्खर ५ः४५ बजे सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ ।

चार किलोको पहिरो पन्छाउन चितवन प्रहरीलाई पाँच घण्टाभन्दा बढी समय लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *