ललितपुरमा ‘मेड इन ललितपुर’  प्रदर्शनी शुरू (फोटोफिचर)

काठमाडौँ । ललितपुर महानगरपालिकाको प्राङ्गणमा हिजो (असार ३ गते) देखि तीनदिने ‘मेड इन ललितपुर’ नाम दिएर  हस्तकला प्रदर्शनी शुरू गरिएको  छ ।

ललितपुर महानगरपालिका र नेपाल घरेलु तथा साना उधोग महासंघले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनीमा हस्तकलादेखि घरेलु उत्पादनका साथै अर्गानिक उत्पादनदेखि अचारसम्म राखिएको छ ।

ललितपुर महानगरपालिकाभित्र रहेका  घरेलु उद्योगलाई प्रोत्साहन गर्न प्रदर्शनी सञ्चालन गरिएको घरेलु तथा साना उधोग महासंघका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । प्रदर्शनी भोलि अर्थात्  असार ५ गतेसम्म चल्नेछ । प्रदर्शनीमा आगन्तुकहरूलाई नेवारी परिकारका स्वाद चखाउन “नेवारी फुडस्टल” पनि राखिएको छ ।

तस्वीरहरूः

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *