भ्रमणका लागि लेवनान पुगेका प्रधान सेनापति उतैबाट अमेरिका जाँदै

काठमाडौँ । औपचारिक भ्रमणका लागि लेवनान प्रस्थान गरेका प्रधान सेनापति प्रभुराम शर्मा उतैबाट अमेरिका जाने भएका छन् ।

हिजो शनिबार प्रधान सेनापति शर्मा र रक्षा सचिवसहितको सात सदस्यीय टोली यूएन मिसनमा लेवनान भ्रमणका लागि प्रस्थान गरेका हुन् । नेपाली सेनाका अनुसार  द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि तैनाथ फौजको हौसला बढाउन र यूएन मिसनका विविध पक्ष तथा भावी योजनाबारे जानकारी दिनका लागि प्रधान सेनापति शर्मा लेवनानतर्फ गएका हुन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा असार १० गतेसम्मका लागि भ्रमणमा गएको सो टोली लेवनानको अवलोकनपछि सिरियास्थित यूएनडीओएफको पनि निरीक्षण गर्ने कार्यतालिका रहेको छ । भ्रमणकै क्रममा लेवनान र सिरियापछि प्रधान सेनापति शर्मा अमेरिका पुग्ने बताइएको छ । अमेरिकाको निमन्त्रणमा असार १३ गतेदेखि असार १७ गतेसम्म प्रधान सेनापतिसहितको पाँच सदस्यीय टोली अमेरिका रहने भएको हो ।

शनिबार गएको प्रधान सेनापतिको टोली अमेरिका भ्रमण सकेर असरा १९ गते स्वदेश फिर्ता हुनेछ । त्यतिन्जेल बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *