चारकिलोमा सुख्खा पहिरो, नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध
२०७९ असार ४ गते

सांकेतिक तस्वीर
चितवन । सुख्खा पहिरोका कारण फेरि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । इच्छाकामना ६ चारकिलोस्थित मुग्लिन नारायणगढ सडक खण्डमा माथिबाट सुख्खा पहिरो झरेपछि सडक दुबैतर्फी अवरोध भएको चितवन प्रहरीले जनाएको छ ।
आज बिहान ११ः३५ देखि अवरुद्ध भएको सडकको पहिरो हटाउन प्रहरी टोली खटिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पहिरो झरेको स्थानमा पुगेको छ । अवरुद्ध सडक सञ्चालनमा आउन केही समय लाग्ने प्रहरीको भनाइ छ ।
२०७९ असार ४ गते
प्रतिक्रिया
सम्बन्धित








