चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
२०७९ असार ४ गते

चितवन । चितवनको रत्ननगर नगरपालिका वडा ९ गणेशचोकमा ट्रकको ठक्करबाट एक जना पुरुष साइकलयात्रीको मृत्यु भएको छ ।
ना ४ ख २७४८ नम्बरको ट्रकले साइकल यात्री रत्ननगर १० बस्ने वर्ष ३७ को पुरुष उमेश दराईलाई ठक्कर दिँदा उनको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उनका अनुसार ठक्करबाट गम्भीर घाइते भएका दराईको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय टाँडी, खैरहनी, भण्डारा र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले घटनापछि तत्काल फरार भएको ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनापछि स्थानीयले केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । अहिले अवरुद्ध सडक पनि सञ्चालनमा आइसकेको प्रहरीको भनाइ छ ।
२०७९ असार ४ गते
प्रतिक्रिया
सम्बन्धित








