लिभरपुलका साडियो माने बायर्न म्युनिखमा

काठमाडौँ । साडियो मानेले अन्तत: लिभरपुल छोड्ने भएका छन् । ३० बर्षिय सेनेगलका स्ट्राइकर माने जर्मन जाइन्ट बायर्न म्युनिख जाने निश्चित भएको छ । बायर्न म्युनिख र लिभरपुलबीच ४३ मिलियन डलरमा सहमति भएपछि माने बायर्न जाने भएका हुन् ।

बायर्नले आफ्ना स्ट्राइकर रोबेर्ट लेवानडोस्कीले क्लब छोड्ने बताएपछि मानेलाई प्राथमिकता दिएको थियो । मानेले च्याम्पियन्स लिगको फाइनल पछि नै लिभरपुल छोड्ने इच्छा व्यक्त गरेका थिए ।

लिभरपुलमा ६ सिजन बिताएका मानेले २६९ खेल खेल्दै १२० गोल गरेका छन् । लिभरपुलमा रहदा मानेले प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप, फिफा क्लब विश्वकप, युइएफए सुपर कप, इएफएल कपको एक एक उपाधि जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *