अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा बिध ल्याबका सञ्चालकविरुद्ध मुद्दा दायर
२०७९ असार ३ गते

काठमाडौँ । अवैध रूपमा अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीविरुद्ध मुद्दा दायर गरेकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीमाथि ६ करोड २४ लाख बराबरको अवैध सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
२१ असोज २०७३ देखि १ साउन २०७७ सम्म गरी झन्डै चार वर्ष सरकारी सेवामा रहेका उनको ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको र अवैध रूपमा आर्जन गरेको अख्तियारको दाबी छ ।
२०७९ असार ३ गते
प्रतिक्रिया
सम्बन्धित








