केएमसीमा मंकीपक्सबारे कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा अहिले चर्चामा रहेको मंकीपक्स, सर्पदंश, रेबिज सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । केएमसी अस्पताल र इपिमोडोलोजी महाशाखाको संयुक्त आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।

उक्त कार्यशाला गोष्ठीमा इपिमोडोलोजी विभागबाट डा. हेमन्त ओझाले प्रमुख आतिथ्य ग्रहण गरेका थिए भने डा. रोशिका श्रेष्ठ, डा. मुकेश पौडेलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा, राष्ट्रिय ट्रमा सेन्टर, धुलिखेल अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताल, टिचिङ अस्पताल, कान्ति बाल अस्पताल लगायतका अस्पतालबाट चिकित्सकहरूले उपस्थिति जनाएका थिए ।

कार्यक्रममा केएमसीका हस्पिटल डाइरेक्टर डा. सुमन श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन केएमसीका जनरल म्यानेजर नारायण दाहालले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =