डा. केपी शर्माकाे विश्लेषण:

‘एसपीपीका २ लक्ष्य- महाशक्तिलाई घेराबन्दी र कम्युनिष्ट शक्तिबीच एकता (भिडिओसहित)

काठमाडाैँ । राजनीतिक विश्लेषक डा. केपी शर्माले स्टेट पार्टनसीप प्राेग्राम [एसपीपी] जत्तिसक्दाे नेपालले ‘रीजेक्ट्’ गर्नुपर्ने बताएका छन् । ‘अब नेपालले यथाशक्य चाँडै एसपीपी हामीलाई चाहिँदैन भन्नुपर्छ,’ मकालुखबरसँग उनले भने, ‘लिन्नाैँ भन्नुपर्छ, रीजेक्ट् गर्नुपर्छ ।’

उनले एसपीपीलाई ३ वटा आयामबाट बुझ्नुपर्ने विश्लेषण गरेका छन् । अन्तर्राष्ट्रिय, क्षेत्रीय (देशीय सम्बन्ध) र राष्ट्रिय/घरेलु; गरी ३ तवरबाट यसलाई बुझे प्रष्ट हुने उनकाे विश्लेषण छ । त्यसाे त एसपीपी बनाउने देश अमेरिकाले मिहीनरूपमा अध्ययन गरेर साेची/विचारी यस्ताे कार्यक्रम बनाएकाे उनकाे भनाइ छ, भन्छन्— ‘अमेरिकाले खासगरी २ वटा उद्देश्यसहित यी कार्यक्रमहरू निर्माण गरेकाे देखिन्छ ।’ उनले उल्लेख गरेका अमेरिकाका २ उद्देश्यहरू हुन्— उदाउँदाे महाशक्ति राष्ट्रलाई घेराबन्दी गर्ने र कम्युनिष्ट राष्ट्र/स-साना शक्तिलाई आफ्नाे पक्षमा उभ्याउने । याेसँगै एसपीपीमा अमेरिकाका अन्य सामरिक स्वार्थहरू जाेडिएकाे उनकाे भनाइ छ । ‘मूलत: यी नै २ वटा उद्देश्य राखेर अमेरिकाले यस्ताेखाले कार्यक्रमहरू अघि सारेकाे देखिन्छ,’ उने भनेका छन्, ‘त्याेसँगै अन्य सामरिक स्वार्थहरू पनि जाेडिएका छन् ।’

एसपीपी इन्डाेप्यासिफिक स्टाटेजीभित्रैकाे ‘मेजर कम्पाेनेन्ट’ भएकाे उनकाे भनाइ छ । ‘खासगरी सैन्य गतिविधि गर्ने/गराउनेगरी खडा गरिएकाे कार्यक्रम हाे याे, फेरि पनि त्यसकाे बिन्दु त त्यही २/३ वटा स्वार्थहरूसँग जाेडिन्छ ।’

‘यसकाे जिम्मा सबै दल/नेताहरूले लिनुपर्छ’

उनी यसकाे जिम्मेवारी सबै राजीतिक दल/नेताहरूले लिनुपर्ने बताउँछन् । यसमा कुनै पनि राजनीतिक दल तथा नेताहरू अछुताे नरहेकाे उल्लेख गर्दै उनले भनेका छन्, ‘हामीले हेर्‍याैँ भने शृङ्खलाबद्धरूपमा सबै दलहरू मिसिएका छन् र सबै नेताहरूकाे पनि संलग्नता देखिन्छ । त्यसैले यसकाे जिम्मेवारी सबैले लिनुपर्छ । यसमा काेही-कसैले पानीमाथिकाे ओभानाे नबन्दा हुन्छ ।’

नेपालका प्राय: सबै प्रकरणहरूमा ठूल्ठूला दलहरूकाे संलग्नता रहकाे उनकाे विश्लेषण छ, भन्छन्— ‘हिजाेकाे एमसीसी हेर्नुस्, आजकाे एसपीपी हेर्नुस् । त्याेभन्दा अगाडिका प्रकरणहरू हेर्नुभयाे भने पनि सबै दलहरूकाे साझा संलग्नता देखिन्छ । त्यसैले यसकाे जिम्मेवारी सबै दलहरूले लिनुपर्छ ।’

‘ओली खुइल्याउन सार्वजनिक गरियाे’

विश्लेषक शर्मा नेकपा एमाले खुइल्याउन एसपीपी प्रकरण झिकिएकाे बताउँछन् । ‘मेराे विचारमा याे कुनै निश्चित समयमा; आमचुनावभन्दा अगाडि सार्वजनिक गर्ने भन्ने थियाे हाेला । तर एमालेकाे संसद्काे दबादबा देखेपछि काेही-कसैले यसलाई बाहिर ल्याए,’ उनले भने, ‘सायद याेचाहिँ आसन्न चुनावभन्दा केही अगाडि ल्याउने याेजना पाे थियाे कि ?’

तर, यसकाे पटाक्षेप अन्य दलहरूमा पनि पर्ने निश्चित देखिएकाे उनी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *