‘हनि ट्र्रयाप’मा पार्ने ६ जना पक्राउ

काठमाडाैँ । केटीहरूकाे समूहलाई सामाजिक सञ्जालमार्फत् परिचालन गरी हनि ट्र्रयापमा पार्ने समूहलाई प्रहरीले काठमाडाैँबाट पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेहरूमा सूर्यविनायक ९ भक्तपुर घर भई पेप्सीकाेला बस्ने वर्ष १९ कि निकिता केसी, काभ्रे घर भई काेटेश्वर बस्ने १८ वर्षकी मनिषा परियार, खाेटाङ घर भई हाल तारकेश्वर काठमाडाैँ बस्ने वर्ष ३२ का डिक बहादुर शर्मा रहेका छन् ।
त्यस्तै, इटहरी घर भई काठमाडाैँ चक्रपथ बस्ने वर्ष ३० का सञ्जीव दर्जी, दाेलखा घर भई नख्खिपाेट बस्ने वर्ष २५ का निमा लामा र दाेलखा घर भई नख्खिपाेट बस्ने वर्ष ३० का पासाङ लामा छन् ।
उनीहरूले काठमाडाैँमा सामाजिक सञ्जालबाट केटीकाे प्रयाेग गरी पुरुषहरूलाई खाजा खाने बाहानामा हाेटेलमा बाेलाई उनीहरूकाे व्यक्तिगत विवरण राखी भेटघाटपश्चात् झुटाे मुद्दा लाइदिने धम्की दिई ब्ल्याकमेल गर्ने गरेकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।
त्यसका लागि उनीहरूले केटीकाे नक्कली पारिवारिक सदस्य बनाई वकिल तथा पत्रकार खडा गरी माेलमाेलाई गर्न लगाउने गरेकाे प्रहरीले जनाएकाे छ ।
उनीहरूकाे साथबाट विभिन्न ब्रान्डका माेबाइल तथा नगद र कारसमेत बदामद भएकाे काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक दिनेश कुमार आचार्यले बताए ।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडाैँ पठाइएकाे प्रवक्ता आचार्यले जानकारी दिए ।








