मतदाता नामावली दर्ता गराउनेको भीड (तस्वीरहरू)

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्न सुरु गरेको छ । आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी असार १ देखि मतदाता नामावली संकलन गर्न सुरु गरेको हो ।

स्थानीय तहको निर्वाचनअघि मंसिरमा स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्दा पनि नाम छुटेको गुनासो आएपछि पुनः नामावली संकलन गर्न सुरु गरेको आयोगको भनाई छ । आयोगका अनुसार फोटोसहितको नामावली जिल्ला प्रशासन, इलाका प्रशासन र जिल्ला निर्वाचन कार्यालयमा भर्न सकिनेछ ।

यसपटक गृह जिल्ला बाहिर रहेकाहरूले पनि जुन जिल्लामा छन् त्यहीँबाट नामावली दर्ता गराउने व्यवस्था गरेको छ । साथै जुनसुकै जिल्लाबाट बसाई सराइको आधारमा नामावली सार्न सकिने आयोगले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट सम्बन्धित जिल्लाको दर्ता गर्न सकिने व्यवस्था गरेको छ भने जिल्ला निर्वाचन आयोगबाट जुनसुकै जिल्लाको पनि दर्ता गर्न सकिनेछ ।

स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए । मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँको जिल्ला निर्वाचन कार्यालयमा बिहानैदेखि मानिसहरूको लाइन लागेको छ ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *