प्रदीप ज्ञवालीको प्रश्न- अमेरिकालाई पत्र लेख्न स्वीकृति कसले दियो ?

काठमाडौँ । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले अमेरिकालाई पत्र लेख्न स्वीकृति कसले दियो ? भने प्रधानसेनापतिलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा ज्ञवालीले २७ अक्टोबर २०१५ मा एसपीपीका सम्बन्धमा अमेरिकालाई पत्र लेख्न स्वीकृति दिने आधिकारिक व्यक्ति को हो ? भन्दै प्रश्न गरेका हुन् ।

४ प्रश्न सोधर बाहिरिएका नेता ज्ञवालीले ‘२७ अक्टोबर २०१५ मा प्रधानमन्त्री र रक्षामन्त्री को थिए ?’ भनेर प्रश्न गरे । साथै उनले ‘परराष्ट्रमन्त्रीलाई उत्तरी सीमामा समस्या छ भनेर किन अध्ययन गरेको ? रिजल्ट के आयो’ भने ।

उनले बेल्ट एण्ड रोड (बीआरआई)लाई सरकारले कसरी अगाडि बढाउँछ ? भन्दै प्रश्न समेत गरे । यी प्रश्न राखेर उनी बैठक स्थलबाट बाहिरिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =