परराष्ट्रमन्त्री खड्काले भने- ‘एसपीपीको च्याप्टर सकियो’

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को च्याप्टर सकिएको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री खड्काले एसपीपी सम्बन्धी विषय टुंगिसकेकाले अब अगाडि नबढ्ने बताएका हुन् ।

प्रधानमन्त्री, नेपाली सेनालेसमेत अगाडि बढ्दैन भनिसकेकाले अब यसलाई थप कोट्याउनु आवश्यक नभएको उनको भनाइ छ । ‘यो टुंगिसकेको विषय हो । यो हाम्रो राष्ट्रिय हितमा छैन, अब अगाडि बढ्दैन,’ उनले भने, ‘प्रधानमन्त्री, नेपाली सेनालेसमेत अगाडि बढ्दैन भनिसकेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *