एसपीपीबारे पूर्वप्रधानसेनापति क्षेत्रीले लेखेको पत्र आधिकारिक रहेको नेपाली सेनाद्वारा पुष्टि

काठमाडौँ । अमेरिकी सैन्य सहकार्य स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे सेनाले लेखेको पत्र आधिकारिक रहेको पुष्टि भएको छ ।

पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले पठाएको उक्त पत्र आधिकारिक रहेको सैनिक प्रवक्ता नारायण सिलवालले बताए ।

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सन् २०१५ मा अमेरिकी दूतावासलाई लेखेको पत्र आधिकारिक भएको जंगी अड्डाले स्पष्ट पारेको छ । सैनिक प्रवक्ता सिलवालले भने, ‘भूकम्पका  बेला वर्षादीको पनि महत्व हुने अवस्थामा, यसका लागि कुनै सम्झौता भएको पनि छैन। सम्झौता गरेर हुने चिज पनि होइन। कुनै एलाइन्सको लागि त्यो पत्र लेखेको पनि होइन।’

०७२ सालको भूकम्पपछि उद्धारमा सहयोग गरेको अमेरिकी मित्र राष्ट्रलाई थप सहयोगका लागि अनुरोध गरिएको सो पत्रमा एसपीपी सम्झौताका लागि कुनै आग्रह नगरिएको सेनाले स्पष्ट पारेको छ ।

सेनाले लेखेको पत्र:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *