एमाले सरकारले एसपीपी अघि बढाएकाे प्रमाणित गर्न चुनाैती

काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकाको स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) एमाले सरकारले अघि बढाएको प्रमाण पेश गर्न चुनौती दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा पोखरेलले केही नेताहरूले एसपीपी एमाले सरकारले अघि बढाएको अभिव्यक्ति दिएको भन्दै प्रमाणित गर्न चुनाैती दिए ।

पोखरेलले एमालेमाथि लगाइएको आक्षेपको निन्दा गर्दै एमाले सरकारले एसपीपी अघि बढाएको भेटिए जिम्मेवारी लिन तयार रहेको धारणा राखे । पोखरेलले एसपीपी प्रस्ताव पठाउँदा सन् २०१५ मा सुशील कोइराला प्रधानमन्त्री र २०१७ मा शेरबहादुर देउवा प्रधानमन्त्री रहेको नै रहेको ठोकुवा गरे ।

पोखरेलले तत्कालीन अवस्थामा नै एमाले सरकारले यसलाई अघि बढाउन नहुने निष्कर्ष निकालेको समेत जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *