ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

झापा । झापामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–३ कल्लामारीस्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।

मे १ त ४४१८ नम्बरको ट्याक्टरले मे ११ प २८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक स्थानीय २० वर्षीय अख्तर अलिको उपचारको क्रममा बि एन्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर र चालक प्रबिज आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =