एसपीपीबारे कुन सरकारको पालामा के भएकाे हाे, बाहिर ल्याऔँ : नेता लेखक

काठमाडाैँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको क्रममा एसपीपीबारे सम्झौता गरिँदैछ भनेर गरिएको चर्चा असत्य रहेको स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले एसपीपीबारे कसको सरकारको पालामा के के भएको हो ? त्यो सबै कुरा वर्तमान सरकारले बाहिर ल्याउनुपर्ने बताए ।

आफ्नो पार्टी जहिलेपनि परराष्ट्र नीतिलाई निर्धारण गर्दा पार्टीभित्र गम्भीर छलफल गरेर निष्कर्षमा पुग्ने र अन्य दलहरुबीच पनि छलफल गरेर सहमतिमा पुग्ने पार्टी भएको उनले बताए ।

उनले सबै देशसँग आफूहरुले मित्रवत र सन्तुलित सम्बन्ध कायम गर्दै आएको र यसलाई काम गरिने पनि स्पष्ट पारे । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमण गर्ने कुरा स्वाभाविक भएको भन्दै यसबारेमा अनावश्यक टिप्पणी गर्न नहुने धारणा राखे ।

नेता लेखकले संसद्मा बजेट बनाउँदा अवाञ्छित गतिविधि भए भन्ने कुरा उठेको भएपनि प्रमुख प्रतिपक्षी दलले संसद् अवरोध गर्नु र अर्थमन्त्रीलाई संसद्मा जवाफ दिन अवरोध गर्नु गलत भएको टिप्पणी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *