चितवनमा निगुरो टिप्न जाँदा बाघको आक्रमणबाट २३ वर्षीय युवती बेपत्ता

काठमाडौँ । निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एकजना बेपत्ता भएका छन् ।

चितवनको भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज बिहान बाघले आक्रमण गरेको हो । स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकामध्ये उनलाई बाघले आक्रमण गरको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले खोजीकार्य जारी राखेको छ ।

हराइरहेकी बस्नेतको खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *