केएमसीमा रक्तदान, ४४ पिन्ट रगत संकलन
२०७९ असार २ गते

भक्तपुर । भक्तपुरको दुवाकोटस्थित केएमसी सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ । अस्पताल र रेडक्रस उपशाखा दुवाकोटले विश्व रक्तदाता दिवसको अवसर पारेर संयुक्त रूपमा रक्तदान कार्यक्रम गरेका हुन् ।
रक्तदानबाट ४४ पिन्ट रगत संकलन भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार विद्यार्थी, डाक्टर, नर्श र स्थानीय सर्वसाधारणले रक्तदान गरेका छन् । संकलन भएको रगत रेडक्रसलाई नै जिम्मा लगाइएको केएमसीले जनाएको छ ।
केएमसीले सामाजिक सेवामूलक काममा जोड दिँदै आएको छ । सोही अनुरुप रक्तदान कार्यक्रम गरिएको हो । केएमसीले विभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी ग्रामीण क्षेत्रका विपन्न बिरामीहरूको निःशुल्क उपचार पनि गर्दै आएको छ ।
२०७९ असार २ गते
प्रतिक्रिया
सम्बन्धित








